Shopping Cart
जेम्स बौलाएको दिन/Jems baulaeko din

जेम्स बौलाएको दिन/Jems baulaeko din

परदेशको पसिना कस्तो हुन्छ, थाहा छ ? त्यहाँको जीवन कसरी चल्छ, बिचार्नुभएको छ ? उताका मानिसहरूको स्वभावलाई नियाल्नुभएको छ ? अनि विदेश बसिरहेको व्यक्तिले घरदेश सम्झिदा उसको मनमा विचारका केकस्ता तरङ्ग आउँछन्, सोच्नुभएको छ ? छैन भने सीताराम कोइरालाको कथासङ्ग्रह जेम्स बौलाएको दिन यी सबै संवेदना अभिव्यक्त गर्न समर्थ छ । आफूले देखेभोगेका अनि जानेबुझेका स्मृतिविशेषलाई टपक्क टिपेर कथाको कलात्मक माला उन्ने कोइरालाले यस पुस्तकमा पनि आफू विदेश बस्दाताकाका कथा-कहानीलाई आख्यानको सौन्दर्यात्मक पुटले भरिपूर्ण पारेका छन् । सरल भाषा र प्रवाहमय शैलीमा लेखिएको यो पुस्तक आख्यानमा रूचि राख्नेहरूका लागि गतिलो खुराक बन्न सक्छ ।

Book Title जेम्स बौलाएको दिन/Jems baulaeko din
Authorसिताराम कोइराला
ISBN9789937705684
Edition LanguageNepali
Published Year2023
PublicationPhoenix Books
Pages169
Category कथा