Shopping Cart
किस्ता किस्तामा जिन्दगी / Kista kistama jindagi

किस्ता किस्तामा जिन्दगी / Kista kistama jindagi

यस्ता राम्रा कविता लेख्ने आरबी । उनी काठमाडौं केन्द्रमा भएको भए कहाँ पुग्थे । उनी काव्य मर्मज्ञको समीपमा भए कहाँ पुग्थे । उनी प्रचारप्रसारको ठूलो बतासमा चढ्न सक्ने भए कहाँ पुग्थे । आत्मविलोपी उनी टाढाको ओझेलमा लुकेर विवेकहीन समाजमा कोर्रा खाँदै पनि त्यो निर्मल चेतनालाई अप्रदूषित राख्न सक्ने कवि आरबी हरेक समकालीनका बीचमा उनी एक नम्बर छन्, अतुलनीय छन् । उनको यो शक्ति काठमाडौंले देखोस्, उनको यो असीम ऊर्जा र सन्तुलित सपना सबै नेपाली साहित्यले देखोस् । यस्ता कवि जन्माउने राष्ट्र किन आज कुनै उत्सव गर्दैन । म छक्क पर्छु, स्तब्ध हुन्छु र फेरि आरबी निश्चललाई सम्झिन्छु ।

Book Title किस्ता किस्तामा जिन्दगी / Kista kistama jindagi
Authorआर.बि. निश्चल / RB Nishchal
ISBN9789937712576
Edition LanguageNepali
Published Year2019
PublicationManjari Prakashan
Pages130
Category कविता