Shopping Cart
जब पुग्यो साठी / Life After Sixty

जब पुग्यो साठी / Life After Sixty

जब पुग्यो साठी (Life After Sixty)

वृद्धावस्थालाई कसरी सक्षम राख्ने, यस्ता व्यक्तिहरूलाई कसरी उपचार गर्ने र यी प्रति समाज र देशको के कस्तो भूमिका हुनुपर्छ इत्यादि विभिन्न पक्षहरूलाई इङ्गीत गर्दै यो सानो पुस्तक 'जब पुग्यो साठी' प्रस्तुत गरिएको छ। छोटकरीमा र प्रश्नोत्तरको रूपमा लेखिएको यस पुस्तक बृद्धवृद्धाको लागि मात्र नभई चिकित्सक, बिरामी, बिरामीको हेरचाह गर्ने व्यक्ति, आफन्तजन, सबै किसिमका स्वास्थ्यकर्मीहरू, विद्यार्थीहरू, नीति र योजनाकारहरू तथा सर्वसाधारण सबैलाई धेरै उपयोगी र ज्ञानवर्धक हुने छ ।

डा. प्रसन्न चन्द्र गौतम नेपाल, भारत र संयुक्त अधिराज्यमा तालीम प्राप्त वृद्धावस्थाको रोगहरूको बरिष्ठ विशेषज्ञ हुनुहुन्छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा र विश्वविद्यालयहरूमा कार्यरत रहेर सेबा निवृत्त हुनुभएका डा. गौतम हाल स्कटल्याण्ड र नेपालमा समाज सेवा, लेखन र स्वअध्ययनमा व्यस्त हुनुहुन्छ । उहाँको नेपाल र बेलायतमा काम गर्दाको केही घतलाग्दा अनुभबहरूको संगालो I Will Need to Break Your Other Leg को साथै स्वास्थ्य र ऋग्वेद विषयका दश वटा भन्दा बढी पुस्तकहरू प्रकाशित छन् ।

Book Title जब पुग्यो साठी / Life After Sixty
Authorडा. प्रसन्न चन्द्र गौतम
ISBN9789937551441
Edition LanguageNepali
Published Year2012
PublicationEducational Book House
Pages206
Category आख्यान सन्दर्भ पुस्तक