Shopping Cart
मैले देखेको नेपाल | Maile dekheko Nepal

मैले देखेको नेपाल | Maile dekheko Nepal

नेपालका कुना-कन्दरा, पहाड-पर्वत, भावर र दुन पैदल हिंडेरै पुग्ने थोरै नेपालीहरुम पर्छन हर्क गुरुङ | हिंड्नु त एउटा पहाडी गाउँमा जन्मेका उनको बाल्यकालको नियति नै थियो | तर विदेशमा पढेर आएपछि पनि उनले नेपाल यात्रालाई आफ्नो पहिलो प्राथमिकता बनाए | उनका लागी त्यस्तो यात्रा आफ्नो जन्मभूमिलाई नजिकबाट हेर्ने, बुझ्ने र चिन्ने उपाय थियो र थियो व्यावहारिक अध्ययनको एउटा महत्वपूर्णपाटो | सन् १९६३ देखि १९७८ का अवधिमा कहिले सोद्देश्य र कहिले खाँट्टी घुमक्कडिका हिसाबले उडेर, गुडेर र धेरै जसो चाँही हिंडेरै गरिएका यी यात्राहरुबाट उनका चिन्तनधारामा परेका छाप उनका लेखाई, विश्लेषण र उनले कोरेका मुलुकका योजनाहरुमा अभिव्यक्त भएका पाइन्छन | यस पुस्तकमा समेटिएका आलेखहरु सामान्य यात्रा वृतान्त मात्र नभई नेपालको भौतिक भूगोल र सामाजिक सांस्कृतिक परिवेशबारे एक विलक्षण विद्वानका गहन टिप्पणीहरु हुन् |

Book Title मैले देखेको नेपाल | Maile dekheko Nepal
Authorसुबिन भट्टराई
Edition LanguageNepali
PublicationHimal Kitab
Category संस्मरण समाज विज्ञान अनुवादित सामग्री