Shopping Cart
नेपाली सन्दर्भमा हिन्दुत्व/Nepali sandarbhama hindutwa

नेपाली सन्दर्भमा हिन्दुत्व/Nepali sandarbhama hindutwa

आजको एक्काइसौं शताब्दीमा विश्वभरि खास गरी नेपालको दक्षिणमा हिन्दूधर्म भनेको स्मृतिपुराणोक्त धर्म बनेको छ । जुन स्कोन आकोलनको माध्यमबाट नेपालमा पनि दिनानुदिन प्रभाव परिरहेको छ । अर्कोतर्फ इसाई पश्चिमा संस्कृतिले शिक्षा र गैह सरकारी संस्थाहरु मार्फत् नेपाली मूल्य, मान्यता र संस्कृतिमा निरन्तर प्रहार गरिरहेको छ । हामी देख्छौं कि अध्ययनको कर्म नेपालमा कुनै न कुनै तरिकाबाट पश्चिमा ज्ञान प्रणालीलाई मलजल गर्ने कार्य यहीं पश्चिमा इसाईहरुको लगानीमा भइरहेको छ । त्यसकारणले पुस्तकालयहरुमा गएर पढ्दा लगभग सबैजसो लेख र पुस्तकहरु पश्चिमा ज्ञान प्रणालीकै अन्तर्गत रहेर लेखिएका हुन्छन् । कक्षा एक देखि विद्यावारिधि (पीएच.डी) सम्म नेपाली छात्र-छात्राहरुले पश्चिमा विद्वान्हरूले नै रचेका सिद्धान्तहरुको आधारमा पढ्ने, लेख्ने, उत्तीर्ण-अनुत्तीर्ण हुने र जागिरका लागि विदेशमा नै जाने लक्ष्य निर्धारण गरिएको हुन्छ । किनकि अहिलेको शैक्षिक प्रणाली र परिवेशले भौतिक रुपमा मात्रै नभएर मानसिक रूपमा नै पश्चिमा साम्राज्यले जरा गाडेको छ । यो हाम्रो सोचाई माथि नै उनीहरुले नियन्त्रण गर्न सफल भएका छन् । यसतर्फ हाम्रा विद्वान्हरुको कसैको पनि ध्यान गएको छैन । नेपालको मौलिक रैथाने ज्ञान प्रणाली के हो भनेर कसैले चासो दिँदैनन् खोजीको विषय त दुरूह बनेको छ ।

Book Title नेपाली सन्दर्भमा हिन्दुत्व/Nepali sandarbhama hindutwa
Authorपेशलकुमार निरौला/निलकुमार क्षेत्री
ISBN9780936385450
Edition LanguageNepali
Published Year2023
PublicationIndigo inc.
Pages238
Category इतिहास धार्मिक