Shopping Cart
Panchatantra Neetisaar पञ्चतन्त्र नीतिसार

Panchatantra Neetisaar पञ्चतन्त्र नीतिसार

पूर्वीय सभ्यताका अनमोल रत्नहरूमध्येको एक हो- पञ्चतन्त्र । पञ्चतन्त्रका नीतिहरू उत्प्रेरक र ज्ञानवर्द्धक छन् । यिनले सैद्धान्तिकभन्दा पनि बढी व्यावहारिक ज्ञान दिन्छन् । पाठक एवम् श्रोतालाई उदाहरण दिएरै मर्म बुझाउँछन्

कुनै शताब्दीमा नालायक राजकुमारहरूलाई सुयोग्य बनाउन पण्डित श्रीविष्णुशर्मा नामका एकजना मामुली ब्राह्मणले तयार पारेका हुन् यो कृति । कालान्तरमा ती नीतिहरू युगयुगान्तरका लागि उपयोगी रत्न साबित भए ।

यो पुस्तक आफ्‌नो पेसा व्यवसायमा सफल हुन चाहनेहरूका लागि अति उपयोगी छ । प्रत्येक नीतिले पाठकलाई पाइला पाइलामा ऊर्जा प्रदान गर्दछन् । हाम्रो देशका शासक, राजनीतिक नेता एवम् जनप्रतिनिधि हुँ भन्नेहरूले पढिदिए भने समाजमा विद्यमान बेथितिहरू पक्कै कम हुँदै जाने थिए ।

Book Title Panchatantra Neetisaar पञ्चतन्त्र नीतिसार
AuthorTilak Prasad Luitel
ISBN9789937921619
Edition LanguageNepali
Published Year2018
PublicationManjari Prakashan
Pages314
Category अनुवादित सामग्री शिक्षा सन्दर्भ पुस्तक सेल्फ हेल्प/उत्प्रेरणात्मक