Shopping Cart
Rahasya | रहस्य

Rahasya | रहस्य

  • Rhonda Byrne
    Writen byRhonda Byrne
  • PublisherPachpokhari Prakashan Griha

यो रहस्य जुगौँ-जुगदेखि एकदेखि अर्को व्यक्तिमा हस्तान्तरित हुँदै आइरहेको छ । यसलाई हरेकले प्राप्त गर्न चाहन्छन् । यसलाई मानिसहरू ढाकछोप गर्न चाहन्छन्, यो कैयौँ युगसम्म हरायो, यसलाई कतिले चोरे र लुकाए । र, यसलाई भएभरको सम्पत्ति खर्चेर किन्ने पनि कैयौँ थिए । सदियौँ पुरानो यो रहस्यका बारेमा इतिहासका केही चर्चित मानिसहरूलाई थाहा थियो । प्लेटो, ग्यालिलियो, बिथोविन, एडिसन, कारनेगी, आइस्टाइन तथा अन्य महान् आविष्कारकहरू, धर्मशास्त्रीहरू वैज्ञानिकहरू र चिन्तकहरू यसका बारेमा जान्दथे । अब ती रहस्यहरू संसारभरका सबैलाई बताइँदैछ । जब तपाईं यो रहस्यका बारेमा थाहा पाउनु हुनेछ, तपाईं आफूले मनपरेको वा चाहे जस्तो जिन्दगी कसरी प्राप्त गर्ने भन्ने सहजै ज्ञान पाउनु हुनेछ । आफूले भने जस्तो काम कसरी गर्न सकिन्छ ? आफूले चाहेजस्तो चिज कसरी प्राप्त गर्न सकिन्छ भन्ने तपाईंले बुझनु हुनेछ । वास्तवमा तपाईं को हो भन्ने विराट सत्यलाई चिन्नुहुनेछ । तपाईंका जीवनले त्यही रहस्यपूर्ण ज्ञानको प्रतिक्षा गरिरहेको छ ।