Shopping Cart
राइपाली भन्ज्याङ / Raipali bhanjyaang

राइपाली भन्ज्याङ / Raipali bhanjyaang

राइपाली भन्ज्याङ दुई बालसखा बुद्धि र कुसुमको प्रेमकथा हो । समाज र सङ्घर्षको कथा हो । र सैनिक बनेर भरियाहरू अगाडि लगाउँदै गाउँ छिर्ने सपना बोकेका दुई बच्चाको मित्रताको कथा पनि हो ।

यो त्यो समयको कथा हो, जति बेला मोबाइल हुँदैनथे । तर पनि एकअर्काको दिलसम्मै खबर पुग्थे । सवारी गुड्ने सडक हुँदैनथे तर पनि मानिसहरू भन्ज्याङ हुँदै डाँडाकाँडा छिचोल्थे । धैया गोड्दै महिलाहरू झ्याउरे गीत गाउँथे । अनि मेलापर्वमा ठाडो भाकाले गाउँगाउँ गुन्जिन्थे

अन्धविश्वास र हिंसाको छिटाले लतपतिएको समाजमा कहिले बहर्किंदै त कहिले सम्हालिँदै सहारा र सन्तुष्टिको खोजीमा जीवनभर अघि बढिरहने बुद्धिको यस कथाले सबैलाई आफ्नो अतीतमा पुयाउनेछ । र खोतल्नेछ- यादका गुन्टाहरू । अनि आउनेछन् स्मृतिमा बाल्यकालका कैयौं नादानीहरू, बैसालु उमेरका बदमासीहरू

Book Title राइपाली भन्ज्याङ / Raipali bhanjyaang
Authorसागर खड्का
ISBN9789937790048
Edition LanguageNepali
Published Year2023
PublicationFineprint Books
Pages278
Category उपन्यास