Shopping Cart
रामायण । Ramayan

रामायण । Ramayan

सत्य र असत्यको दण्डले भरिएको छ , रामायण । असत्यलाई भगाएर सत्यलाई बचाउनु ठुलो प्रयास गरिएको छ । यो पुस्तकले पढेर भक्तहरु भक्तिमै रमाउछन् । ज्ञानिहरु ज्ञानमै डुब्छन् । इतिहास बुझ्नेहरू मानव बिकासको क्रम बुजेर दङ्ग पर्दछन् । रमाइलो चाहनेहरु रमाईला कथामा रमाउछन् । के छैन रामायणमा ?


             आदिम सभ्यताको एउटा प्रतिनिधि पुस्तक हो, रामायण । संसारकै एउटा अनौठो आदि काव्य हो । रामायण ज्ञानको सागर हो । समाज व्यवस्थापनको नमुना हो । विज्ञानका झिल्काहरु भेट्टाउन सकिने एउटा अद्भुत रचना हो ।


                                     वर्तमान आखाले हेर्दा पत्याउनै नसकिने धेरै कुरा छन् । भनिएकै छ ' पुराणमित्येव नसाधु सर्वम्' अर्थात् पुराणमा सबै राम्रा बुझेर सत्य चिन्नुपर्छ, केलाउनु पर्छ, प्रयोग गर्नुपर्छ ।

Book Title रामायण । Ramayan
Authorभानुभक्त आचार्य
ISBN9789937692205
Edition LanguageNepali
Published Year2019
PublicationSwadesh Prakashan
Pages364
Category क्लासिक धार्मिक