Shopping Cart
शिक्षाका सूत्रहरू/Shikshaka Sutraharu

शिक्षाका सूत्रहरू/Shikshaka Sutraharu

पुस्तकमा व्यवहारिक सूत्रहरू छन् । स्कुल देखेका व्यक्तिले बनाएका सूत्र । प्रशासकले बनाएका सूत्र । यसैले पुस्तकमा ठूलो कुरा छैनन्। गर्न सक्ने कुरा छन् । गर्नुपर्ने कुराहरू छन् । स्वदेशी माटोमा बनेका सूत्र । पुस्तकमा जाँच लिने सूत्रहरू छन्, बालमैत्री बन्ने/बनाउने सूत्रहरू छन् । साक्षरताका सूत्रहरू छन्। दूरशिक्षा सञ्चालनका सूत्रहरू छन् । सुशासनका सूत्रहरू छन् । राजनीतिक ऊर्जालाई शिक्षामा लगाउने सूत्र छन् । निजामती कर्मचारीलाई शिक्षामा लगाउने सूत्र पनि छन् । विद्यार्थी सफल बनाउने अनेकन सूत्रहरू छन् । लेटर ग्रेडिङ र एसएलसी परीक्षामा सफल हुने सूत्र छन् । त्यसैमा पनि 'सात स' र 'नौ अ' जस्ता सूत्रहरूले पुस्तकलाई अझै तागतवाल बनाएको छ । सूत्रै सूत्रको ढुकुटी बनेको यो पुस्तक पठनीय छ । प्रयोग गर्न मिल्ने छ । यस निम्ति शिक्षामा काम गर्नेहरूलाई पुस्तक धेरै उपयोगी छ ।

Book Title शिक्षाका सूत्रहरू/Shikshaka Sutraharu
Authorबाबुकाजी कार्की
Edition LanguageNepali
Published Year2015
PublicationMakalu publication house
Pages162
Category शिक्षा