Shopping Cart
स्टिफन हकिङ। Stifan Haking

स्टिफन हकिङ। Stifan Haking

हरेक मानिसभित्र जन्मजात प्रतिभा हुन्छ । ऊ पढाइमा कमजोर हुनसक्छ । खेलकुदमा पनि कमजोर हुनसक्छ । तर यदि ऊभित्र भएको विशेष प्रतिभालाई चिन्न सकिएमा त्यसैबाट ऊ विश्व चर्चित समेत बन्न सक्छ ।

महान् वैज्ञानिक स्टिफन हकिङ पनि कमजोर थिए । पढाइमा उनी सामान्य विद्यार्थी भए पनि केही शिक्षक तथा आमा-बुबाले उनीभित्र भएको विशेष प्रतिभा चिने र उनलाई निरन्तर हौसला दिइरहे।

नियतिले पनि उनीमाथि प्रहार गयो । २२ वर्षकै उमेरमा उनी एउटा भयंकर रोगबाट पीडित भए । डाक्टरले २ वर्षभन्दा बढी बाँच्न नसक्ने घोषणा गरे । शरीर चल्न छोड्यो । ह्वीलचेयरकै सहारामा जीवन बिताउनु पर्यो । पछि त बोलीसमेत रोकियो । सम्पूर्ण कामको लागि कम्प्युटरको सहारा लिनुपयो । डिप्रेशनले गाँजिए ।

यति हुँदा हुँदै पनि उनले मस्तिष्कमा रोगको प्रभाव कहिल्यै पर्न दिएनन् । मस्तिष्ककै प्रयोग गरेर सम्पूर्ण विश्वलाई अचम्मित पार्दै उनले भौतिक विज्ञानको क्षेत्रमा हलचल मच्चाइदिए । महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनकै बराबर पुगेर देखाइदिए ।

यति मात्रै कहाँ हो र ! उनले लेखन क्षेत्रमा पनि हात हाले । पहिलो पुस्तकले विश्वकै रेकर्ड तोड्दै १० लाख प्रति बिक्री भएर लगातार तीन वर्षसम्म बेस्ट सेलरमा गनियो । अझै अचम्मको कुरा त, लाखौँले उक्त

पुस्तक किने तर धेरैले बुझ्नै सकेनन् ।

एक जना वैज्ञानिकले त केसम्म घोषणा गरे भने, 'जसरी ईश्वर

रहस्यमय छन्, उनको कितावको बिक्री पनि रहस्यमय छ। जसले उक्त रहस्य खोल्न सक्छ । उसलाई पुरस्कार दिन्छु ।' त्यसपछि पनि उनले कैयौं पुस्तकहरू लेखे । विश्वका चर्चित

सम्मानहरूबाट विभूषित भए । अनगिन्ति पुरस्कारहरू पाए । उनीमाथि फिल्मसमेत बने ।

हो, मस्तिष्कको सही प्रयोग गर्न सकेमा अपांग व्यक्तिले समेत विश्वलाई केही दिन सक्छ भन्ने उदाहरण हुन्, स्टिफन हकिङ ।

Book Title स्टिफन हकिङ। Stifan Haking
Authorरोशन दाहाल
ISBN9789937876100
Edition LanguageNepali
PublicationPachpokhari Prakashan Griha
Pages254
Category जीवनी