टन्सिलले बिगारेको मुटु। tancil-le-bigareko-mutu
-
Writen byटोनी हागन
- PublisherNepal Heart Foundation
बाथ मुटुरोगलगायत समग्र मुटुरोगसँग सम्बन्धित दर्जनौँ पुस्तकहरू प्रकाशित गरिसकेका डा. रेग्मीले बाथ–मुटुरोगको रोकथाम तथा उपचारमा जनचेतना बृद्धि गर्ने उद्देश्यले ‘टन्सिलले विगारेको मुटु’ नामक नयाँ पुस्तक प्रकाशित गरेका छन् । डा रेग्मीका अनुसार यो पुस्तक विश्व मुटु दिवसका अवसरमा यही असोज १३ गते सार्वजनिक हुँदैछ । यस पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम ‘आरएचडी रिसर्च फन्ड’मा नै जम्मा गर्ने डा. रेग्मीको प्रतिबद्धता छ ।
बाथ–मुटुरोग रोकथामका लागि गरिएका सङ्घर्षका अनुभूतिहरूको संगालोको रूपमा रहेको यो पुस्तक बाथ–मुटुरोग लागेकाहरूका लागि मात्र होइन, विद्यालयस्तरका विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी र बाथ मुटुरोगबाट बचाउन चाहने सचेत बाबुआमाका लागि अझ बढी उपयोगी छ । साथै यस क्षेत्रमा कार्यरत संघ संस्था, नीति निर्माता, सञ्चारकर्मी, चिकित्सा क्षेत्रका विद्यार्थी सवैका लागि उपयोगी छ । यस पुस्तकमा उनको प्रेरणादायी एवं अनुकरणीय जीवनका संघर्षपूर्ण कथाहरू समेटिएका छन् । यस पुस्तक भित्र नेपाली समाजको चित्र छ । रोगीको वेदना छ । सङ्घर्षको कथा छ । नेपालमा मुटुरोग उपचार सेवाको स्थापना र विस्तारको इतिहास छ । पुस्तक पढ्दै जाँदा धेरै ठाउँमा तपाई भावुक बन्नु हुनेछ । भाषा अत्यन्तै सरल र रसिलो छ । पुस्तक पढेपछि तपाईलाई पनि बाथ–मुटुरोग रोकथामको जिम्मेवारी बोध हुनेछ । डा. रेग्मीका अनुसार यो जिम्मेवारी बोध नै पुस्तक प्रकाशनको उपलब्धि मानिने छ ।-