भुँडीपुराण प्रकाशनको “अँध्यारोको अगुल्टो” जगन्नाथ दाहालद्वारा रचिएको गजल संग्रह हो।
प्रस्तुत संग्रहका गजलहरूमा विविध प्रकारका लय समातिएको छ।
यस संग्रहमा मुताकारिब, मुतदारिक, हजज, हजज मकबुज, मुजारे लगायतका बहर तथा पिङ्गल छन्दअन्तर्गत उपेन्द्रवज्रा, इन्दिरा, विध्युन्माला, चम्पकमाला लगायतका छन्दहरूको प्रयोग गरी शास्त्रीय छन्द/बहरको प्रयोग गरिएका गजलहरू समेटिएका छन्।
झ्याउरे, सवाई जस्ता लोकलयको प्रयोग गरिएको गजलहरू पनि यहाँ अटाएका छन्।
त्यस्तै उच्चार्य सममात्राको गजलहरू पनि संग्रिहित छन्।
यसरी हेर्दा ‘अँध्यारोको अगुल्टो’ भित्रका गजलहरूले गजलको शास्त्रीयता समातेर मौलिक शैली समेत स्थापना गरेका छन्।