नेपाल- भारत सम्बन्ध। Nepal Bharat Sambandha
नयाँ पुस्ताका मानिसहरू वा हिजोआज सरकारमा बस्नेहरूलाई लाग्दो हो कडा राष्ट्रिय अडान लिंदा भारतले घाँटी नै अठ्याएर मार्छ कि! त्यसो होइन,कुनै पनि रास्ट्र बाच्ने भनेकै उसको अडानका कारणले हो। सहि अडान भयो भने केहि समय दुख हुन सक्छ,तर रास्ट्र जोगिन्छ।अनि,सहि अडान भयो भनि दुख पाएको रास्ट्रले बिस्तारै समृद्धि पनि प्राप्त गर्दछ। हामीले देखेका छौ, ठुला राज्य/रास्ट्रहरुले साना राज्य/राष्ट्रहरुलाई दबाउमे वा स्वतन्त्रता नै हडप्ने नगरेका होइनन तर आफ्नो देशका पक्षमा दह्रोसँग उभिनेहरूले गुमेको स्वतन्त्रता पनि फिर्ता लिएको छन्।