Sampada Ladain | सम्पदा लडाइँ
हाम्रा सम्पदा समुन्नतिका प्रतीकका साथै राष्ट्रिय परिचयका संवाहक हुन् । भावनात्मक एकता सिर्जना गर्ने जीवित इतिहास हुन् । तिनले सामूहिक आस्था, विश्वास, मूल्य र मान्यताको निर्माण गर्छन् । विगतको वैभव देखाउने सम्पदा भविष्यको समृद्धिका आधार र पुर्खाका देन हुन्, विगतका यथार्थ तस्बिर हुन्, समाजका अभिलेख हुन् । नेपालको सन्दर्भमा राष्ट्र चिनाउने सम्पदा नै उपेक्षित छन् । कतिपय सम्पदा गुमिसकेका छन् भने कतिपय त्यत्तिकै मिल्किएको अवस्थामा छन् । पुर्खाको नासो र समाजको गौरवको मर्म बुझाएर संरक्षणका लागि झकझकाउने पुस्तक हो, सम्पदा लडाइँ ।