अब यस्तो कहिल्यै नहोस | Aba Yesto Kaile Nahos
पृथ्वीनारायण शाहले आफ्नो बल, बुद्धि तथा पराक्रमद्वारा अनेकौ राज्यमा विभक्त पुरानो नेपाल एकीकरण गरि आफ्ना उत्तराधिकारिलाई नासोका रुपमा सुम्पिएका थए।
तर उनको मृत्युपश्चात नेपालमा घात प्रतिघातका अनेकौ शृंखला चलिरहे। शिक्षा, उधोगधन्दा तथा व्यापार व्यवसाय विस्तार गरि देशका सर्वसाधारण गागरिकलाई सुखसुविधा उपलव्ध गराउंदै जानुको सट्टा देशका तात्कालिक प्रमुख प्रशासकहरु आफ्नो परिवार र भाइबन्धुको सुखसुविधा तथा सट्तमोहमै व्यस्त। रहे फलत:समाज विकासक्रम रोकियो र नेपाल विश्वको एउटा निर्धन राष्ट्रका रुपमा परिणत हुन पुग्यो।
घातप्रतिघातका शृंखला रोकिउन, यस्ता घटना कहिल्यै नदोहोरिउन भन्ने उद्देश्यले अब यस्तो कहिल्यै नहोस प्रकाशन गरिएको थियो। तर इतिहास दोहोरिदो रहेछ, जुन राजा विरेन्द्रविक्रम शाहको समूल वंशनाशबाट पनि प्रमाणित भयो।