• दिव्य उपदेश | Divya Upadesh

दिव्य उपदेश | Divya Upadesh

साम, दाम, दण्ड र भेदको नीति लिएर ससाना राज्यलाई एकीकरण गरि नेपाललाई शक्तिशाली एवं स्वतंत्र रास्ट्रका रूपमा स्थापित गराउने राजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको उत्तरार्धतिर आफ्ना भाइभारदारलाइ अर्ति, उपदेश दिएका थिए। तिनै महत्वपुर्ण उपदेशहरुको संग्रह हो - दिव्य उपदेश। त्यसैको मूल रूप यहाँ प्रस्तुत गरिएको छ। त्यसमा कण्डीका तथा अनुच्छेद छुट्याइएको थिएन। तर यहाँ तिनलाई आवश्यकतानुसार छुट्याइएको छ। पढ्न सजिलो होस् भनेर प्रत्येक पृष्ठको पुछारमा दिव्य उपदेशलाई प्रचलित नेपाली भाषामा रुपान्तरणसमेत गरिएको छ। साथै दिब्य उपदेशको मूल संस्करणमा परेका तर अहिले प्रचलनमा नरहेका शब्दलाई टिप्पणी एवं परिशिष्ट खण्डमा अर्थ्याइएको छ।