काठमाडौँमा एक दिन
शिवानी सिंह थारु संचारकर्मी हुन् | नेपाल टेलिभिजनको कार्यक्रम मेरो गित मेरो संदेश र मुल्यांकनकी प्रस्तोता रहेसकेकी उनले बीबीसीको रेडियो नाटक कथा मिठो सारंगीकोमा लेखक र निर्देशकका रुपमा काम गरेकी छिन | उनले लेखेको नाटक भर्चुअल रियालिटी भारतको नेसनल स्कुल अफ ड्रामाको नवौं नाट्य महोत्सवमा नेपालको एक्टर्स स्टुडियोले मंचन गरिसकेको छ | काठमाडौँमा एक दिन उनको पहिलो उपन्यास हो |