• Ma Sakchhu | म सक्छु

Ma Sakchhu | म सक्छु

मौरीले बगैचामा घुमी घुमी फूलबाट रस चुसेर मह बनाउँछ।  तर उसले कहिल्यै पनि फूललाई हानि पुर्याउदैन। झन् उल्टै परागसेचन गरेर फूल र बिरुवाको प्रजननमा मद्दत गर्दछ, ताकि वनजंगलमा जैविक विविधता कायम रहिरहोस। अरुले मह खाए भनेर मौरीले मह बनाउने काम रोक्दैन। कसैले आफ्नो वासस्थानमा हानि नोक्सानी नगरेसम्म उसले अरुमाथि हमला पनि गर्दैन। मौरी आफु बाँचेसम्म मह बनाउने काममा लागि रहन्छ। उसले बनाएको चाकाबाट उच्चस्तरीय मैन बन्छ। त्यो लामो समय बल्छ र त्यसले सुगन्धित वासना छर्छ। 

 सफल उद्यमी पनि मौरी जस्तै हुन्छन।  उनीहरुले जीवनभर श्रमजीवी भएर काम गर्दै समाजलाई सक्दो योगदान पुर्याउने काम गर्छन। त्यस्ता उद्यमी बन्न चाहनेका लागि गाइड बुक हो यो पुस्तक, जसमा उद्यमशीलतावारे लेखकका गहन विचारहरू मात्रै समेटिएका छैनन्, नेपालका पैतीस सफल उद्यमीका प्रेरणामूलक प्रोफ़ाइल छ यो पुस्तकमा।