• नयाँ  इश्वरको घोषणा | Naya Ishworko Ghosana

नयाँ इश्वरको घोषणा | Naya Ishworko Ghosana

नित्सेले ढालेको इश्वरको केन्द्र अथवा भनौं इश्वर मरेको विगतको उत्तरआधुनिक हल्लालाई बदर गर्दै इश्वरलाई आँफु बाँचेको बयान दिन र मानिसलाई आफु इश्वर बनेको सपथ लिन लेखकले ईश्वर र मानिसको प्रतिक कृष्ण र कृष्णप्रसाद दुईलाई यस काव्यमा एकै पात्रमा उभ्याएका छन्। 

उत्तरआधुनिक युगलाई डिकन्स्ट्रक्ट गर्दै र संसारमा निराशा देखाउने मानवताविरोधी विचारलाई विनिर्माण गर्दै अशान्त, असुरक्षित र रक्तपातपूर्ण बन्दै गएको संसारमा इश्वर ओराल्ने यस काव्यले मानिसलाई इश्वरतिर र इश्वरलाई मानिसतिर आउन अपिल गर्दै संसारलाई आशाको नजरले हेर्न सिकाएको छ।