साक्षी | Sakshi
नारायण श्रेष्ठ युद्ध मैदानमा प्रवेश गरेर शन्तिको बिगुल फुक्ने कवि हुन् । वर्षभरि नै चैत मौलाइरहेको देख्छन् उनी आफ्ना रचनामा । निर्दोष आँसुसँग खुसी साट्न खोज्छन् उनी हरेक मनसँग । उनी समस्यैसमस्याका बग्रेल्ती भीडहरु देख्छन् प्लेटोनिक अन्धकार हुँदै भूमण्डलीकरण, उत्तरआधुनिक जालोसम्म । कालो दशकको पहाड चढी टारमा गएर सुसेला हाल्न खोज्छन् उनी । लाग्छ, उनी आफै घेराबन्दीमा परेका छन् सामाजिक यात्रामा । उद्देश्य एउटा मात्रै छ उनको— सुन्दर समयको ढोकाभित्र प्रवेश गर्ने । टाढाको मायाले भित्र–बाहिर सबैतिर चुकुल लाएको भए पनि ðदयबाटै शान्तिको गीत गाउने र गाउन लगाउने कवि हुन् श्रेष्ठ । ढोका लेखिएनन् कहिल्यै खर्पनका निदालहरूमा संस्कारको नयाँ रेखा गरिएनन् उत्खनन आदिम लिपिहरूको मूर्तिको वेदी र टुँडालको छातीमा औंलाको छाप पोतिएको छ — पुरानु ढोकाको कब्जाहरूमा प्रवेशद्वारमा उभिएको छु म एउटा सुन्दर समयको कल्पना छ यो ढोकाभित्र ...
नारायण श्रेष्ठ कवि तथा टेलिभिजन कार्यक्रम प्रस्तोता हुन् । उनले लामो समयसम्म बीबीसी नेपाली सेवाको लागि साझा सवाल कार्यक्रम चलाए ।