Shopping Cart
भुइयाँ | Bhuiya

भुइयाँ | Bhuiya

सतहमा बिस्फोट नभइकन यो धर्तीको गर्भमा रहेका लभाहरुजस्तै समाजको गर्भमा पनि धेरै आन्दोलनका लाभा सल्बलाइरहेका हुन्छन ।यो पुस्तकले त्यस्ता केहि आन्दोलित जीवन भोगेका महिलाहरुका कथा भन्छ ।
त्यस्तो आन्दोलन जो कुनै सत्ता र शक्तिका लागि नभई औसत जीवनको खोजीका लागि भैरहेका छन् । आफ्ना पुर्खाले पसिना बगाएको जमिनका लागि हुने आन्दोलन हुन् वा बर्षेनी सरकारले घर जलाउनेहरुले गर्ने प्रतिकारको आन्दोलन । वा अर्काका बस्तुभाउको सिनो उठाउन नमान्दा नाकाबन्दी भोगेकाहरुको आन्दोलन यी त्यस्ता भुइँमान्छेहरु हुन् जसका कथा हाम्रो समाज रुपान्तरणका पनि कथा हुन् ।