Shopping Cart
गङ्गालालका पदचाप / Gangalalaka Padachap

गङ्गालालका पदचाप / Gangalalaka Padachap

नर शमशेर रिसायो । उसले दाह्रा किट्यो । हामीलाई अघिदेखि नै ठिक्क पारिएका बाँसमा बाँध्न आदेश दियो । राणाका सिपाहीहरूले आदेशको पालना गरे । उनीहरूले दशरथ चन्दलाई उत्तरपट्टि फर्काएर बाँधे । मलाई पश्चिमपट्टि फर्काएर बाँधे । हल्लिन नसक्ने गरी टनटनी कसे । उनीहरू बाँध्ने काममा खटेका । हामी भने बाँधिनेमा परेका । जे भए पनि हामी दुवै जना नजिकै छौं ।

नर शमशेरले के ठानेछ कुन्नि । उसले मतिर फर्केर फेरि भन्यो, 'हेर्, माफी मागिस् भने अझै पनि तँलाई समय छ ।' उसको कुरा सुनेर मलाई त झननन्न भयो । मेरो कन्चट नै तात्यो । मैले उसलाई भनें, माफी माग्नुपर्ने काम के नै गरेको छु र ! तँजस्तो कसाईसँग किन माफी माग्नु ? बरू तैंले गरेको अत्याचारका लागि हामीसँग माफी माग् । मेरो कुरा सुनेर ऊ खिसिक्क पो । उसको ओठ बन्द भयो । (पृष्ठ, १०७) ।

Book Title गङ्गालालका पदचाप / Gangalalaka Padachap
Authorप्रभात सापकोटा
ISBN9789937711777
Edition LanguageNepali
Published Year2023
PublicationEducational Book House
Pages120
Category नियात्रा