Shopping Cart
म सक्छु/Ma Sakchhu

म सक्छु/Ma Sakchhu

मौरीले बगैंचामा घुमीघुमी फूलबाट रस चुसेर मह बनाउँछ । तर उसले कहिल्यै पनि फूललाई हानि पु-याउँदैन । झन् उल्टै परागसेचन गरेर फूल र बिरूवाको प्रजननमा मद्दत गर्छ, ताकि वनजङ्गलमा जैविक विविधता कायम रहिरहोस् । अरूले मह खाए भनेर मौरीले मह बनाउने काम रोक्दैन । कसैले आफ्नो बासस्थानमा हानि नोक्सानी नगरेसम्म उसले हतपती अरूमाथि हमला गर्दैन पनि । मौरी आफू बाँचेसम्म मह बनाउने काममा लागिरहन्छ । उसले बनाएको चाकाबाट उच्चस्तरीय मैन बन्छ । त्यो लामो समय बल्छ र त्यसले सुगन्धित वासना छर्छ ।

सफल उद्यमी पनि मौरी जस्तै हुन्छन् । उनीहरूले जीवनभर श्रमजीवी भएर काम गर्दै समाजलाई सक्दो योगदान पुर्याउँछन् । त्यस्ता उद्यमी बन्न चाहनेका लागि 'गाइड बुक' हो यो पुस्तक, जसमा उद्यमशीलताबारे लेखकका गहन विचार मात्र समेटिएका छैनन्, नेपालका ३५ सफल उद्यमीका प्रेरणामूलक 'प्रोफाइल पनि छन् ।

Book Title म सक्छु/Ma Sakchhu
Authorकर्ण शाक्य
ISBN9789937665476
Edition LanguageNepali
Published Year2019
PublicationFineprint Books
Pages348
Category गैरआख्यान सेल्फ हेल्प/उत्प्रेरणात्मक