Shopping Cart
मुकाम रणमैदान: नेपाल - अंग्रेज युद्धको बखान/Mukam Ranamaidan Nepal- Angrej Yudhhako Bakhan

मुकाम रणमैदान: नेपाल - अंग्रेज युद्धको बखान/Mukam Ranamaidan Nepal- Angrej Yudhhako Bakhan

देशका कुनाकन्दरा घुमेर आफूले भेटेका मान्छेबारे लेख्ने पत्रकार तथा लेखक मोहन मैनालीले यसपटक नेपाल र अंग्रेजबीच २०९ वर्षअघि भएको भीषण लडाइँबारे लेखेका छन् । यसका लागि उनी त्यो लडाइँ लडी जान्ने, भोगी जान्ने र देखी जान्ने मानिसका बयानमा भर परेका छन् । सुनी जान्ने मानिसका कुरामा आक्कलझुक्कलमात्र भर परेका छन् । भावनामा बगेर तथ्य बिगार्ने मान्छेको कुरा उनले सुनेका छैनन् ।

यस किताबका लागि जानकारी बटुल्ने क्रममा मैनालीले त्यो लडाइँ भइरहेका वेला दुवैतर्फका सिपाही र कमान्डरहरूले लेखेका चिठी खोतलेका छन्, जसमध्ये केही यसअघि विभिन्न रूपमा छापिएका भए पनि अहिले अप्राप्यजस्ता भएका छन् । अधिकांश सामग्री यसअघि प्रकाशित भएका छैनन् । थुप्रै सामग्री त सार्वजनिक पनि भएका छैनन् । राष्ट्रिय अभिलेखालयका माइक्रोफिल्ममा अनि राता कपडाका पोकामा अनेक कागजपत्रका बीचमा कतै-कतै भेटिने, बीच-बीचमा पढ्न नमिल्ने गरी धुलिएका, नबुझिने भएका अनि अहिलेको भन्दा अलि फरक अक्षर, भाषा र शब्दमा लेखिएका ती चिठीका शब्द-शब्दका अर्थ बुझेर, तिथि र ग्रेगोरियन क्यालेन्डरका तारिखलाई विक्रम संवत्का गतेमा परिणत गरेर उनले त्यो लडाइँबारे अहिलेसम्म बाहिर नआएका कुरा बयान गरेका छन् ।

यो किताब लेख्न उनले थाहा नभएका जानकारी खोज्ने पत्रकारको सीप, असाध्यै धेरै मानिसले तयार गरेका कहिलेकाहीं त निरसिला कुरा लेखिएका कागजपत्रको थुप्रोबाट आफूलाई चाहिएका जानकारी खोज्ने खोज पत्रकारको धैर्य र कठोर मेहनत तथा संकलन गरेका तथ्य सिर्जनशील ढंगले प्रस्तुत गर्ने फीचर लेखकको कला उपयोग गरेका छन् ।

Book Title मुकाम रणमैदान: नेपाल - अंग्रेज युद्धको बखान/Mukam Ranamaidan Nepal- Angrej Yudhhako Bakhan
Authorमोहन मैनाली
ISBN9789937753555
Edition LanguageNepali
Published Year2023
PublicationBook Hill
Pages285
Category इतिहास गैरआख्यान