Shopping Cart
नेपाली टुक्काको संरचनात्मक विश्लेषण। Nepali Tukkako Sanrachanatmak bishleshan

नेपाली टुक्काको संरचनात्मक विश्लेषण। Nepali Tukkako Sanrachanatmak bishleshan

डा. ध्रुवकुमार घिमिरेको बालसाहित्यको क्षेत्रमा छुट्टै पहिचान रहेको छ । यसका अतिरिक्त विगत तिन दशकदेखि प्राध्यापन पेसामा संलग्न रहँदै आउनुभएका घिमिरे शोधकर्ता पनि हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषाका टुक्काका सम्बन्धमा विद्यावारिधि गर्नुभएको छ । विगत एक दशकदेखि नेपाली भाषाका टुक्काका बारेमा उहाँबाट गरिएका खोज अनुसन्धानमध्ये प्रस्तुत पुस्तक टुक्काको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ ।

"...नेपाली टुक्काका अनुसन्धानमा डा. घिमिरे बेजोड मानिन्छन् । यो पुस्तक उनै अनुसन्धाताका अनुसन्धानको फल हो ।... यस ग्रन्थमा नेपाली टुक्कासँग जोडिएर आउने शब्दको व्याकरणात्मक र संरचनात्मक वर्गीकरण विस्तार पूर्वक गरिएको छ ।"

प्रा. डा. माधव प्रसाद पोखरेल (यसै पुस्तकको भूमिकाबाट)

Book Title नेपाली टुक्काको संरचनात्मक विश्लेषण। Nepali Tukkako Sanrachanatmak bishleshan
AuthorDr. Dhruva Ghimire
ISBN9789937629294
Edition LanguageNepali
Published Year2013
PublicationKathalaya Inc.
Pages308
Category शिक्षा सन्दर्भ पुस्तक