Shopping Cart
नेपालको सङ्क्षिप्त वृत्तान्त

नेपालको सङ्क्षिप्त वृत्तान्त

इतिहासविद् बाबुराम आचार्यले यस पुस्तकमा नेपालमा आर्यसम्यताको सुरुवातदेखि मल्ल अनि शाहवंशीय राजा-महाराजाहरूसम्मका आनीबानी, राजनीतिक उतारचढाव, संस्कृति-सभ्यता  आदिबारे चर्चा गरेका छन् । साथै तत्कालीन राजपरिवारले छिमेकी मुलुकबीच केकस्तो सम्बन्ध राखे, त्यसको विश्लेषण पनि गरिएको छ।नेपाली जनताको जीवन कुन बेला कस्तो थियो, सम्यताको ज्योति कसरी जगमगायो, कुन आधारभूत सिद्धान्तहरूका आधारमा देश फस्टायो. फुल्यो र फल्यो. कस्ता दुराचार, भ्रष्टाचार र अत्याचारहरूले नेपाललाई आघात पुयाए, मुलुकको प्रगतिमा कसले रोडा तेर्स्यायो  र उन्नतिका निमित्त बाधक कोको बने ? यी सबैको खोजी यस पुस्तकले गरेको छ।
परिश्रमपूर्वक ऐतिहासिक सामग्रीहरूको सङ्कलन गरी लेखिएको यस पुस्तकले नेपालको तत्कालीन आर्थिक, सामाजिक, कूटनीतिक तथा धार्मिक इतिहासलाई राम्ररी प्रस्तुत गरेको छ । एउटा सच्चा इतिहास नेपालको सक्षिप्त वृत्तान्त नेपाल बुझ्न बहुउपयोगी छ ।

Book Title नेपालको सङ्क्षिप्त वृत्तान्त
Authorबाबुराम आचार्य
ISBN9789937746441
Edition LanguageNepali
Published Year2022
PublicationFineprint Books
Pages356
Category इतिहास