Shopping Cart
Raktabeej | रक्तबीज

Raktabeej | रक्तबीज

'रक्तकुण्ड' खोरमा थुनिएको बाघका बारेमा थियो । यसपटक 'रक्तबीज'मा दाह्रा नङ्ग्रा फुकालिएको बाघका विगतका बेवकुफीसँगै हाम्रा सडकमा खुलेआम गर्जिरहेको तिरङ्गे सिंहका हरकतको पोल खोलेको छु । गणतन्त्रप्रेमी नागरिक हुनुको नाता कर्तव्य निभाउने प्रयास हो यो । थाहा। छैन 'रक्तबीज' बजारमा आएपछि सिंहका अनुचरहरूको प्रतिक्रिया के हुन्छ ? तर मानसिक रूपले म जुनसुकै प्रतिक्रिया व्यहोर्न तयार छु । आखिर दुनियाँमा अजम्बरी को छ र ! 
बाँचिरहेछु भने अर्को कृतिमा भेटौंला ।
अविरल अनुसन्धानमूलक आख्यान लेख्न मन पराउँछन् । 'रक्तबीज'मा उनले राजदरबार हत्याकाण्डको खास चूरो र भारतीय हस्तक्षेपका मिहीन कुरा केलाएका छन् । जनयुद्धका बारेमा आममानिसले अनुमान गर्न नसक्ने रहस्योद्घाटन गरेका छन्, त्यो पनि सप्रमाण | उनको अनुसन्धान शैली र लेखन निकै माझिएको छ । 
'रक्तबीज' यस्तो आख्यान हो, जसले भावीपुस्ताका लागि विगत तीन दशकयताको सत्यतथ्य सुरक्षित गर्ने काम गरेको छ । एकप्रकार गणतन्त्रको संस्थागत विकासका लागि साहित्यतर्फको यो कोसेढुङगा हो ।

Book Title Raktabeej | रक्तबीज
AuthorKrishna Abiral
ISBN9789937287005
Edition LanguageNepali
Published Year2014
PublicationManjari Prakashan
Pages280
Category उपन्यास