Shopping Cart
Samajvad ra Samriddhi | समाजवाद र समृद्धि

Samajvad ra Samriddhi | समाजवाद र समृद्धि

इतिहासको समीचीन अध्येता शास्त्रीय राजनीतिक विश्लेषणमा उत्तिकै सशक्त हुन्छ भन्ने गतिलो उदाहरण हुन् प्रा.डा. गणेश क्षत्री । समाजमा आफूलाई एक्लै विद्वान् बनाउनेहरूको चिन्तनको घेरा र ज्ञान बाँढ्ने सामर्थ्यमा 'गाइड' आवश्यक पर्छ तर क्षत्रीको विद्वता सहजै बग्छ सर्वसाधारण जनताका मन र मुटुमा ।
संविधानतः हामी अहिले समाजवादोन्मुख राजनीतिक र आर्थिक व्यवस्थामा छौ तर के समाजवाद, कस्तो समाजवाद, कसरी समाजवाद, किन समाजवाद ? अर्थ आफ्नै छन्, पहिचान र परिभाषा भिन्नाभिन्नै देखिन्छन् । 'समाजवादले समृद्धि ल्याउँछ कि समृद्धिले समाजवादसँग जोड्छ', कल्पनमा उड्न सहज छ तर देश विकास र जनजीविकाको सवालको सुई उल्टो घुमिरहेछ । नेताका भाषण र सामाजिक यथार्थ कतै जोडिदैन, किन ? किनभने न हामीले सैद्धान्तिक यथार्थमा ध्यान दियौ, न त व्यवहारिकताको बाटो बनायौ ! न हामी कुनै चिन्तनमा बाँधियौ, न त सामाजिक चिन्ताबाट मुक्त हुन सक्यौ । क्षत्रीको समृद्धि र समाजवाद यसै यथार्थ धरालतमा टेकेर हामीलाई डो-याउन सफल छ ।
समाजवादका व्याख्या धेरै पढिए, समृद्धिका भाषण उत्तिकै सुनिए तर समाजसँग समृद्धि जोड्ने कडी कतै भेटिएन र सामाजिक यथार्थभन्दा पर रहेका हामी नेपालीको यही चिन्तन र व्यवहारले भेटिने पनि छैन । समाजवादी चिन्तनका अनेक पक्षलाई शास्त्रीयताका क्लिष्ट परिभाषाबाट मुक्त गरी सरल भाषा, सहज प्रस्तुति र आकर्षक शैलीमा सोधारण सर्वसाधारण पाठकहरूमा प्रत्यारोपण गर्ने समृद्धि र समाजवाद सबैका लागि पठनीय र सङ्ग्रहणीय छ ।

Book Title Samajvad ra Samriddhi | समाजवाद र समृद्धि
Authorडा गणेश क्षेत्री
ISBN9789937705523
Edition LanguageNepali
Published Year2020
PublicationPhoenix Books
Pages233
Category गैरआख्यान