Shopping Cart
समानताका पाइलाहरू: राजनीतिक आन्दोलनको महिलावादी विस्लेषण/Samanata ka Pailaharu

समानताका पाइलाहरू: राजनीतिक आन्दोलनको महिलावादी विस्लेषण/Samanata ka Pailaharu

नुवाकोटको रावलस्वारामा जन्मिएकी बिन्दा पाण्डे जिफन्ट ट्रेड युनियन पोलिसी इन्स्टिच्युटकी अध्यक्ष छिन् । २०६५ मा नेकपा एमालेको केन्द्रीय सदस्य रहेकी पाण्डे २०७१ सालबाट पोलिटब्युरो सदस्य हुँदै हाल नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा छिन् । २०५८ सालमा राष्ट्रिय महिला आयोगको संस्थापक सदस्य र २०६४ सालको पहिलो संविधानसभामा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको अध्यक्ष रहेकी उनी सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा सदस्य छिन् ।

त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा स्नातकोत्तर गरेकी पाण्डेले २०५८ सालमा बैङ्ककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट जेन्डर एन्ड डेभलपमेन्टमा पनि स्नातकोत्तर गरिसकेकी छन् । २०७४ सालमा काठमाडौं विश्वविद्यालयको शिक्षा सङ्कायबाट उनले विमेन इम्पावरमेन्ट इन पोलिटिक्स विषयमा विद्यावारिधि गरेकी छन् ।

पाण्डेका नेपाली श्रमिक महिला आन्दोनलमा महिला सहभागिता (नेपाली र अङ्ग्रेजी), आजका युवा विद्यार्थी-भोलिका दक्ष जनशक्ति र विमेन इन नेपाली पोलिटिक्स कृति प्रकाशित छन् । महिला र श्रमिकसम्बन्धी प्रशिक्षण सामग्री तथा समसामायिक राजनीतिक लेखरचना पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

Book Title समानताका पाइलाहरू: राजनीतिक आन्दोलनको महिलावादी विस्लेषण/Samanata ka Pailaharu
Authorबिन्दा पाण्डे
ISBN9789937665780
Edition LanguageNepali
Published Year2020
PublicationFineprint Books
Pages244
Category गैरआख्यान