Shopping Cart
सेतो धरती | Seto Dharti

सेतो धरती | Seto Dharti

उमेरअनुसार आउने जीवनका रहर र रागहरूलाई धर्म, संस्कार र परम्पराका नाममा बन्दी बनाउन विवश तारा र यी कुरामा विद्रोह गरेर आफ्नो रहरअनुसार स्वतन्त्र बाँचेकी पवित्राको सङ्घर्षमय कथालाई सेतो धरतीमा प्रकाश र छाया झै चित्रण गरिएको छः विषयसुखबाट भागेर होइन, त्यसलाई भोगेर मात्र जीवन सन्तुष्ट र मुक्त हुन्छ भनेर देखाइएको छ ।

जीवनका चाहना र कामना भोग्न नपाएको कुण्ठित र भोग्न पाएको सन्तुष्ट जीवनलाई गहिरोसँग तुलना गरिएको उपन्यासमा बाल, यौन र वृद्धा मनोविज्ञानलाई सूक्ष्म रूपमा केलाइएको छ । बालविधवाको करूणा र वेदना भरिएको यस पुस्तकमा बहुविवाह र अनमेल विवाहका उपकथा पनि छन् । आँसुले लेखिए झै लाग्ने यो कृति पढ्दा पाठक यसको मर्मस्पर्शी कथा मात्र होइन, भाषिक शैली र शिल्पबाट पनि मुग्ध हुन्छन् ।

Book Title सेतो धरती | Seto Dharti
Authorअमर न्यौपाने
ISBN9789937790086
Edition LanguageNepali
Published Year2012
PublicationFineprint Books
Pages387
Category उपन्यास