Shopping Cart
Chanakya चाणक्य: ऐतिहासिक उपन्यास

Chanakya चाणक्य: ऐतिहासिक उपन्यास

झन्डै पच्चीस सय वर्षअघि विश्वविजेता अलेक्जेन्डरलाई भारतवर्षबाट धपाएर मौर्य गणराज्यको स्थापना गर्ने चाणक्य नीतिकुशलतामा प्रसिद्ध मानिन्छन् । विश्वका महान् चिन्तकहरूमध्येमा गणना हुने उनी मौर्य गणराज्यका महामन्त्रीसमेत भएका थिए ।

उनै चाणक्यले आफ्‌नो जीवनमा लागू गरेका उपयोगी नीतिहरूको सङ्ग्रह हो- चाणक्य नीति ।

राज्यनीति, कूटनीति, व्यापारनीति, व्यवहारनीति आदिका बारेमा गहिरो ज्ञान दिने 'चाणक्य नीति' आर्यसभ्यताको निधि हो ।
यसभित्रका श्लोकहरू मान्छेलाई 'मान्छे' बन्न उत्प्रेरित गराउने खालका छन् । कतिपय श्लोकले त सुतेको स्वाभिमान र आत्मगौरवलाई जुरूक्कै उठाइदिने सामर्थ्य राख्छन् ।
पुस्तकमा संस्कृतका श्लोकहरूको भावानुवादसँगै त्यसको व्याख्यासमेत समावेश गरिएको छ । यस कारण पनि यो पुस्तक अलि विशेष बन्न पुगेको छ ।

Book Title Chanakya चाणक्य: ऐतिहासिक उपन्यास
AuthorTilak Prasad Luitel
ISBN9789937911344
Edition LanguageNepali
Published Year2018
PublicationManjari Prakashan
Pages192
Category जीवनी दर्शन शिक्षा