Shopping Cart
धर्सो। Dharso

धर्सो। Dharso

काठमाडौंको बसाइपछि जातीय अपमानको तिक्तताबोध अझ झागिन लाग्यो । तराईवासीको सङ्ख्या सानो भने होइन, काठमाडौमा । ज्यामी कल्ली इक्मी सिक्मी तरकारी व्यापारी शिक्षक डाक्टर इन्जिनियर सरकारी कमचारी उद्योगपति ठूला व्यापारी हरेक क्षेत्र र पेसामा तराइ मूलका मान्छे अनगिन्ती थिए। तर सम्मान इज्जत र सद्व्यवहार पटक्कै थिएन ।

भरी गाग्रो बोकेका डिला पाइलाहरू लस्याकलस्याक गर्दै एकै छिनमा विलाउछन । म भने त्यही अडिन्छु खम्बाजस्तै भएर । पर कतातिर हो धिमे बजेको आवाज कानमा आएर ठोक्किएजस्तो लाग्छ । आज कुनै टोलमा जात्रा पो छ कि क्या हो यो एउटा साङ्गीतिक नगर हो। अनि जात्राहरूको सहर पनि। यहां जात्राहरू लाम लागेर बसेका हन्छन्, पालो पर्खेर ।

Book Title धर्सो। Dharso
Authorसंजय अधिकारी
ISBN9789937629928
Edition LanguageNepali
Published Year2015
PublicationKathalaya Inc.
Pages254
Category समाज