Shopping Cart
दिमागी खेल। Dimagi Khel

दिमागी खेल। Dimagi Khel

हरेक मानिसले वर्तमान युग सुहाउँदो परिस्थिति अनुकूल प्रतिस्पर्धात्मक बङ्गले ज्ञान आर्जन तथा त्यसको सदुपयोग गर्दै जानु आवश्यक हुन्छ। जो मानिस यसरी ज्ञान आर्जन तथा सुदृढीकरण गर्न समयानुकूल इाले अगाडि बढ्दछ, उसले सही अर्थमा गुणस्तरीय शिक्षा लिई समाजमा अगाडि बढेको मानिन्छ । यसरी परिष्कृत सोचका साथ अगाडि बढ्ने क्रममा हरेक क्षेत्रमा रोचक तथा दिमागी कसरत गराउने खालका क्रियाकलापहरुको खाँचो अनुभव गरिन्छ । मेरो लामो समयको शिक्षण अनुभवमा सफल शिक्षण गराउन रमाइला warm-up Activities सहितको अध्यापन कार्य गराउन, विभिन्न तालिम प्रशिक्षणमा Brain storming वा मस्तिष्क मन्धनसम्बन्धी क्रियाकलापहरुको साथमा रोचक ढङ्गले प्रशिक्षण दिन, विद्यार्थीहरुलाई तार्किक ज्ञान बढाउने खालका क्रियाकलापहरु गराउने कुराको खाँचो टड्कारो रूपले अनुभव गरेको छु । यसका अलावा लोकसेवा आयोगको तयारीमा रहेका महानुभावहरु, निजामती कर्मचारी, उच्च पदस्थ व्यक्तित्वहरु साथै अन्य जो कोहीलाई मनोरञ्जक तथा रोचक सामग्री, ज्ञानवर्द्धक सामग्रीहरुको आवश्यकता छ । यस पुस्तकमा तार्किक शक्ति बढाउने प्रसहरु, अकमक्क, दोधारको अवस्थाबाट समाधानमा पुग्ने प्रसङ्गहरु, रमाइला गणितीय प्रसङ्गहरु, सचित्र दिमाग खियाउनुपर्ने क्रियाकलापहरु रहेका छन्। यी सम्पूर्ण सामग्रीहरुका माध्यमबाट विभिन्न क्षेत्रहरुमा रहेको खाँचो केही हदसम्म टर्ने आशा एवम् विश्वास मैले लिएको छु र यो पुस्तक विभिन्न ज्ञानात्मक क्षेत्रबाट माग भई आए बमोजिम मागमा आधारित (Demand oriented) भई देशी विदेशी Puzzle Books लाई आधार लिई तयार गरिएको छ ।