Shopping Cart
डोरबहादुर बिष्टका कथाहरु/ dorbahadur bishtaka kathaharu

डोरबहादुर बिष्टका कथाहरु/ dorbahadur bishtaka kathaharu

कथाकार विष्टको समय र उनको रचनाकारितालाई हेर्दा उनी शारदा युगपछिको पुस्ताका अग्रणी स्रष्टाका रूपमा देखिन्छन् ।
कथाकार विष्ट नेपाली कथाको मूलप्रवाहभन्दा बेग्लै ठाउँमा छन् । जसरी उनी उपन्यास क्षेत्रमा अरूभन्दा भिन्न छन्, त्यस्तै कथामा उनको विशिष्ट र मौलिक छाप छ । हाम्रो कथा साहित्यमा चलनचल्तीमा रहेका आदर्शवाद, यथार्थवाद, प्रगतिवाद, अस्तित्ववाद जस्ता कित्तामा उनी छैनन् तर उनका रचनामा नेपाली मानिस, उसको संस्कृति र संघर्षको सुगन्ध बलियो किसिमले व्यक्त भएको छ ।
विषयवस्तु तथा स्थानीय रङले गर्दा प्रायः सबैजसो कथा नेपाली साहित्यमा पाइने चलनचल्तीका कथाभन्दा भिन्न छन् ।

नारायण ढकाल (यंस पुस्तकको भूमिकाबाट)

Book Title डोरबहादुर बिष्टका कथाहरु/ dorbahadur bishtaka kathaharu
Authorडोरबहादुर विष्ट
ISBN9789937597203
Edition LanguageNepali
Published Year2015
PublicationHimal Kitab
Pages132
Category कथा