Shopping Cart
नेपालको इतिहासको परिवेश/ Nepalako itihasik paribesh

नेपालको इतिहासको परिवेश/ Nepalako itihasik paribesh

सामाजिक विज्ञानका विविध विषय—समाजशास्त्र, मानवशास्त्र, इतिहास, राजनीतिशास्त्र, संस्कृति, भूगोल आदि—मध्ये नेपालमा सबैभन्दा बलियो विधा हो इतिहास । पछिल्लो समय नेपालको इतिहासका विविध पक्षबारे थुप्रै काम भएको छ, त्यो पनि मूलतः नेपाली अध्येताहरूबाटै । इतिहास विषयको औपचारिक अध्ययन गरेका र नगरेका दुवै थरि अध्येता इतिहास लेखनमा संलग्न देखिन्छन् । नेपालको इतिहास लेखनले गति लिए पनि इतिहास-लेखन-प्रक्रिया उपर र ती कार्यमा संलग्न अध्येता (ऐतिहासिक) हरूबारे भने खासै चर्चा भएको पाइँदैन । नेपाली इतिहास-लेखनको एउटा विशिष्ट धार वा “स्कूल” लाई नेतृत्व गर्ने ऐतिहासिक महेशराज पन्तले नेपाली इतिहासको परिवेश : केही ऐतिहासिक र मसीजीवी मार्फत त्यो अभाव पूर्ति गरेका छन् । केही लेखक (मसीजीवी) र नेपालको इतिहास विधामा काम गरेका अगुवा ऐतिहासिकहरू एवं तिनका कामको आलोचनात्मक समीक्षा यस पुस्तकमा सङ्गृहीत निबन्धहरूमा पाइन्छ । नेपाली समाज, यहाँको बौद्धिक परम्परा, इतिहास-लेखन र ऐतिहासिकहरूबारे चासो र रुचि राख्ने जोसुकैलाई नेपाली इतिहासको परिवेश उपयोगी छ ।

Book Title नेपालको इतिहासको परिवेश/ Nepalako itihasik paribesh
AuthorAnil Chitarakar
Edition LanguageNepali
PublicationKathalaya Inc.
Category इतिहास