Shopping Cart
नेपाली भाषाका हजार वर्ष / Nepali bhashaka hajar barsh

नेपाली भाषाका हजार वर्ष / Nepali bhashaka hajar barsh

यो नेपाली भाषाका हजार वर्ष' शीर्षक ग्रन्थ हाम्रा प्रसिद्ध र लगनशील पुरातत्त्वविद मोहनप्रसाद खनालको अति विश्वसनीय र पठनीय कृति हो। नेपाली भाषामा नै पनि यस्तो महत्त्वपूर्ण शोधकृति पहिले कहिल्यै देख्न पाइएको थिएन भने अङ्ग्रेजी वा अरू भाषामा त झन् यस्तो नेपालको इतिहास, संस्कृति र भाषासम्बन्धी अनुसन्धानात्मक ग्रन्थ अरूले रचना गरेको थाहा छैन । यस सन्दर्भमा न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयको शोधवृत्ति- अन्तर्गत उहाँले प्राध्यापक थियोडर रिकाडीलाई सहयोगीका रूपमा लिएर संवत् २०४१ देखि २०४२ सम्म र २०४५ देखि २०४६ सम्म दुईदुई अवधिभरि झन्नै चार वर्ष काठमाडौंस्थित डुमाखाल गाउँमा पूर्व-लिच्छविकालीन सभ्यता र संस्कृतिको खोजकार्य गरी 'काठमाडौं उपत्यकामा पुरातात्त्विक उत्खनन' नामक ग्रन्थ अङ्ग्रेजी भाषामा तयार पार्नुभएको थियो । त्यस ग्रन्थको प्रकाशन संयुक्तराज्य अमेरिकाको हार्भई विश्वविद्यालयले सन् २००७ मा गयो । कोलम्बिया विश्वविद्यालय तथा हार्भई विश्वविद्यालयमा शोधकार्य गरी सो अनुपम ग्रन्थ रचना गरेभन्दा निकै वर्षअगावै उहँले 'चाँगुनारायणका ऐतिहासिक सामग्री' नामक वृहत् ग्रन्थ पनि प्रकाशित गरिसक्नुभएको थियो

Book Title नेपाली भाषाका हजार वर्ष / Nepali bhashaka hajar barsh
Authorमोहनप्रसाद खनाल
ISBN9789994617340
Edition LanguageNepali
Published Year2012
PublicationVidhyarthi Pustak Bhandar
Pages294
Category इतिहास धार्मिक समाज