Shopping Cart
नुनको सोझो / Nunako sojho

नुनको सोझो / Nunako sojho

शालीनता, शिष्टता, नम्रता र आज्ञाकारिता बालबालिकाका आन्तरिक सौन्दर्य प्रशाधन हुन् । सदाचार र सुसंस्कारले जीवनलाई प्रशंसित र सम्मानित बनाउँछन् । मिहिनेत र अनुशासनले गन्तव्यमा पुग्न सहयोग पु-याउँछन् । शिक्षा, ज्ञान र सन्देशले भरिएका पाठ्यसामग्री जीवनका मार्गदर्शक ज्योति हुन्, आँखाका नानी हुन् । यसर्थः बालबालिकालाई किताबीय अध्ययनतर्फ अभिप्रेरित गर्नु हामी अभिभावकहरूको प्रमुख कर्तव्य हुन आउँछ ।

यस पुस्तकमा पचीसवटा नैतिक एवम् सन्देशमूलक कथाहरू समावेश गरिएका छन् । जसले बालबालिकाहरूलाई अध्ययनतर्फ अभिप्रेरित गर्नुका साथै शालीन, शिष्ट, नम्र, सदाचारी र गुनी बनाउन सहयोगी भूमिका निर्वाह गर्नेछन् ।

Book Title नुनको सोझो / Nunako sojho
Authorकपिलमणि ज्ञवाली / Kapilmani Gywali
ISBN9789937711302
Edition LanguageNepali
Published Year2020
PublicationEducational Book House
Pages98
Category कथा बालसाहित्य