Shopping Cart
संस्कारविवेक। Sanskarvivek

संस्कारविवेक। Sanskarvivek

विश्वब्रह्माण्डले आत्मसात् गरेका कुश, क्रौञ्च आदि सप्त डीपमध्येको एक जम्बुद्वीप हो । यस द्वीपका नौ खण्डमध्येको एक खण्ड आर्यावर्त हो । यो आर्यावर्त हिन्द, प्रशान्त र आन्ध्र, यी तीन महासागरको संङ्गमस्थल कन्याकुमारीदेखि वा विन्ध्याचलपर्वतदेखि उत्तर देवाधिदेव महादेवको निवासस्थान धनाधिपति यक्षराज कुवेरको राजधानी कैलाससम्म विस्तारित छ । कैलासहिमालमा परमपावन महत्तम पुण्य तीर्थ मानसरोवर विराजित छ जुन मानसरोवर पूर्वमा बग्ने महानदी ब्रह्मपुत्र, नेपालको पश्चिम भेगबाट बगेर रामजन्मभूमि अयोध्या हुदै गङ्गामा मिल्न जाने सरयू र अहिले पाकिस्थान हुदै बगीरहेको सिन्धु, यी तीन निर्मल एवं पवित्रतमा महानदीको शिर अर्थात् उद्गमस्थल मानिन्छ । यही मानसरोवरदेखि दाक्षिण र पश्चिमी समुद्रदेखि पूर्वी समुद्रसम्म फैलिएको तीथैतीचं, मन्दिरैमन्दिर अनि देवतैदेवताले भरिएको महिमैमहिमाले युक्त आर्यहरूको बसोबास भएको विशाल भूमिलाई आर्यावर्त भनिन्छ । यसको पुष्टि शास्त्र प्रयोजकले यसरी गरेका छन्-

Book Title संस्कारविवेक। Sanskarvivek
Authorप्रा.डा. रामचन्द्र गौतम
ISBN9789937770484
Edition LanguageNepali
Published Year2021
PublicationVidhyarthi Pustak Bhandar
Pages264
Category दर्शन