Shopping Cart
स्कुल बेच्ने बालक/School bechne balak

स्कुल बेच्ने बालक/School bechne balak

दामोदर न्यौपाने गैरआख्यान लेखनमा स्थापित नाम हो । एक दशकदेखि अनुसन्धानमूलक पुस्तक लेखनमा सक्रिय छन् । साना र सामान्य ठानिएका विषयलाई सरल र गहन रूपमा उठाउनु न्यौपानेका लेखनका विशेषता हुन् । समाजशास्त्र / मानवशास्त्रमा स्नातकोत्तर न्यौपाने खासगरी द्वन्द्व, बालबालिका, बालमनोविज्ञान, बालव्यवहार, अभिभावक शिक्षा, इतिहास, समाज र संस्कृतिमा विज्ञता राख्छन् । विषयवस्तुलाई निर्भिक ढङ्गले उठाउनु उनका लेखनका थप विशेषता हुन् । दुई दशकदेखि कान्तिपुर दैनिकमा आबद्ध न्यौपानेले शसस्त्र युद्ध ताका राज्य र विद्रोही पक्षले दिएको तनावको परबाह नगरी कार्यक्षेत्रमा डटेर कलम चलाएकाले अन्तराष्ट्रिय प्रेस इन्स्टिच्युट र फ्रिडम फोरमबाट साहसी संवाददाता सम्मान, श्रीधर आचार्य राष्ट्रिय पत्रकारिता पुरस्कार, सामुदायिक वन राष्ट्रिय सम्मान लगायत दर्जनौं सम्मान तथा पुरस्कार पाएका छन् । सिन्धुपाल्चोक ठोकर्पामा जन्मिएका न्यौपानेको एम्बुसमा ६ वर्ष, कर्म : सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट शो, स्वर्णिम समय, हाडको डोको, सम्पदा लडाइँ, दास प्रथाको नयाँ रूप जस्ता पुस्तक प्रकाशित छन् । स्कूल बेच्ने बालक बालबालिकाको संवेग अध्ययन गरेर लेखिएको अर्को पुस्तक हो । यो पुस्तकमा लालनपालन (प्यारेन्टिङ) का सूक्ष्म, मनोविश्लेषणात्मक र व्यवहारिक पक्ष समेटिएकाले बालबालिकासँग व्यवहार गर्ने तरिका जान्न पुस्तक उपयोगी हुनेछ ।

Book Title स्कुल बेच्ने बालक/School bechne balak
Authorदामोदर न्यौपाने
ISBN9789937924450
Edition LanguageNepali
Published Year2018
PublicationSikha Books
Pages354
Category किशोर साहित्य शिक्षा सेल्फ हेल्प/उत्प्रेरणात्मक