Shopping Cart
उपत्यकाका प्रसिद्ध मन्दिरहरुको परिचय। Upatyakaka Prasiddha Mandiraharuko Parichaya

उपत्यकाका प्रसिद्ध मन्दिरहरुको परिचय। Upatyakaka Prasiddha Mandiraharuko Parichaya

काठमाडौं जिल्ला अन्तर्गत रहेका प्रसिद्ध मठमन्दिरहरूको कसरी उत्पत्ति भएको हो भन्ने सम्बन्धमा केही जानकारी गराउने उद्देश्यले यो पुस्तक तयार गर्न लागेको छु । हुन त म त्यसम्बन्धी प्राविधिक त होइन तापनि हाम्रो नेपाल राष्ट्रमा हिन्दू समाजको बसोबास प्राचीनकालदेखि नै अटुट रूपमा रहेको हुनाले यस सम्बन्धमा जानकारी लिन र आफूले जानेको कुरा समाजसामु राख्न उचित हुनेछ भन्ने मलाई लागेको हो। परापूर्वकालदेखि नै यस देशको धर्म, संस्कृति र कलाको इतिहास बोकेका प्राचीन मठमन्दिरहरू सबैको सत्य तच्य अभिलेख प्राप्त हुन नसकेको अवस्था अझै पनि रहेकै छ । मेरो यस प्रयासमा जेजति आफूले जानकारी प्राप्त गर्न सकेको छु त्यसलाई पाठकसामु पुर्याउने प्रयत्न गरेको छु। यसमा समेट्न नसकिएका हाम्रा प्राचीन स्थलहरूको विवरण आगामी दिनहरूमा खोजी गर्दै जानेछु भन्ने लागेको छ। यस पुस्तकमा काठमाडौँ उपत्यकाभित्र रहेका धार्मिक, प्राकृतिक र जैविक विविधतासँग प्रत्यक्ष सम्बन्ध भएका स्थलहरूको परिचय उल्लेख छ । यसो गर्नू एक्काइसौं शताब्दीको समाजका लागि उपलब्धिकै विषय हुनेछ जस्तो मलाई लागेको छ। यी स्थलहरूले पौराणिक, ऐतिहासिक, सांस्कृतिक एवम् पर्यटकीय महत्त्व बोकेका छन् । यिनीहरू हाम्रो समाजका निम्ति पुर्खाले छोडेर गएका नासो हुन्। यिनीहरूको संरक्षण, सम्वर्द्धन, प्रचारप्रसार गर्नू हाम्रो दायित्व पनि हो र देश समाजको उन्नतिका लागि सघाउ पुग्ने कुरो पनि हो।

मैले यसभन्दा पहिले पटक पटक गरी ललितपुर जिल्लाका प्रसिद्ध श्रीमाई वज्रवाराहीदेवी, ललितपुर जिल्लाका प्रसिद्ध देवीदेवताहरूको परिचय, दोस्रो संस्करण, उपत्यकाका प्रसिद्ध गणेशहरूको परिचय, दोस्रो पटक उपत्यकाका प्रसिद्ध वाराहीदेवीहरूको परिचय नामक पुस्तकहरू लेखेर प्रकाशित गरिकेको छु। यस पुस्तकको पहिलो संस्करणमा भक्तपुरका प्रसिद्ध देवीदेवताको परिचय छूट हुन गएकोले यस संस्करणमा समावेश गरेको छु। पाठकहरूले पटक पटक ती पुस्तकहरू खरिद गरेर रुचिपूर्वक अध्ययन गरी जानकारी प्राप्त गर्नुभएको छ। त्यसले मलाई अन्य प्राचीन प्रसिद्ध देवताहरूको अनुसन्धान गरी लेख्नका लागि उत्साहित गरेको छ। त्यसैकारण सम्पूर्ण पाठकहरूप्रति कृतज्ञता साथ आभार प्रकट गरी यो पुस्तक तयार गरेको छु । यस पुस्तकमा काठमाडौं उपत्यकाका मन्दिरहरूको परिचयका साथसाथै नित्यकर्म विधि एवं श्लोकपाठ पनि संलग्न छन् । त्यसो भएपछि सनातन हिन्दू धर्मानुयायी, सज्जन भक्तहरू आफूलाई जुन देवीदेवताप्रति आस्था छ उनैको आह्वान गरी आत्मसात् गर्न सक्नुहुनेछ । त्यसबाट भक्तजनहरूलाई सफलता प्राप्त होओस् भन्ने कामना गर्दछु ।

अन्त्यमा, अक्षर अस्पष्ट अशुद्ध अथवा छपाइ सम्बन्धी त्रुटि कमजोरीहरू फेला परेजति सबै औल्याइदिनुभएमा पाठकहरूप्रति विशेष धन्यबाद दिदै सुपरने मौका पाउने थिएँ भन्ने आशा गाला। पुस्तक लेकन प्रेरणा दिने श्री तिलकप्रसाद लुइँटेल ज्यूलाई हृदयदेखि नै धन्यवाद दिन बाहन्छु। साथै प्रकाशन गर्न सहयोग पुयाउनुहुने श्री शान्त गौतमज्यूलाई पनि धन्यवाद वित माह । पुस्तक प्रकाशनका क्रममा श्रीमती बन्ने भय से, छोरा विक्रम, विदुर कर्माचार्य, छोरी विमला, सबिना, रविना श्रेष्ठ, बुहारी रजनी, बिन्दे कवरी वेको सहयोगबाट नै पुनः यो पुस्तक सफल भएको हो।

Book Title उपत्यकाका प्रसिद्ध मन्दिरहरुको परिचय। Upatyakaka Prasiddha Mandiraharuko Parichaya
Authorवासुदेव कर्माचार्य
ISBN9789937715720
Edition LanguageNepali
Published Year2020
PublicationVidhyarthi Pustak Bhandar
Pages224
Category इतिहास दर्शन धार्मिक