Shopping Cart
Koshiko Katha | कोशीको कथा

Koshiko Katha | कोशीको कथा

सात सालको क्रान्तिताका नेपाली कांग्रेसका 'सुप्रिम कमाण्डर' तथा क्रान्तिपछिको गैरराणा सरकारको पहिलो प्रधानमन्त्री मातृका प्रसाद कोइराला त्यसभन्दा अगाडिदेखि नै साहित्यकारका रूपमा परिचित थिए ।
प्रस्तुत पुस्तक कोशी वा पौराणिक कौशिकी नदी वरिपरिका विषयवस्तु र जातिमाथि लेखिएका निबन्ध तथा प्रबन्धहरूको सँगालो हो । कतै अन्वेषणात्मक त कतै निजात्मक शैलीमा लेखिएका यी कथ्यहरूले पुराण, विज्ञान, सामाजिक न्याय, राजनीतिदेखि लिएर २०११ सालको कोशी-सन्धि प्रकरणसम्मको विषयलाई समेटेका छन् ।
कोशी-सन्धि कोइरालाको राजनीतिक जीवनको सबैभन्दा विवादास्पद पाटो रह्यो । प्रवासमा होस् या स्वदेशमा, सधैं कोशी सन्निकट रहेका कोइरालाले यसको महत्ता र विभीषिका दुवै देखे । कोइरालाका आँखाबाट देखिएका कोशीका कथा समाजशास्त्रीय तथा राजनीतिक हिसाबले पठनीय छँदै छन्, भाषा र वाङ्मयका दृष्टिकोणले पनि ओजपूर्ण छन् ।
यो पुस्तक पहिलोपल्ट २०४६ सालमा प्रतिभा पुरस्कार प्रतिष्ठानबाट प्रकाशित भएको थियो ।

Book Title Koshiko Katha | कोशीको कथा
Authorमातृकाप्रसाद कोइराला
ISBN9789937937849
Edition LanguageNepali
Published Year2020
PublicationNepa~laya
Category निबन्ध