Shopping Cart
Simaanaako Gyan | सिमानाको ज्ञान

Simaanaako Gyan | सिमानाको ज्ञान

बुद्धिनारायण श्रेष्ठ सीमाविद् तथा नापी विशेषज्ञ हुन् । नेपाल सरकारको नापी विभागमा महानिर्देशक पदको लामो कार्यानुभव हासिल गरिसकेका श्रेष्ठका मूललेखनमा सीमा र नापीसम्बन्धी ९ पुस्तक प्रकाशित छन् । उनले दर्जनभन्दा बढी पुस्तकमा सहलेखन गरेका छन् । सीमा र राष्ट्रिय सुरक्षा सम्बन्धमा श्रेष्ठले देशविदेशमा १५० भन्दा बढी प्रवचन, ५०० भन्दा बढी अन्तर्वार्ता र दर्जनौं कार्यपत्र प्रस्तुत गरिसकेका छन् । आषनो विधामा दिएको योगदानको कदर स्वरूप उनले विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । श्रेष्ठ नेपालको प्रतिष्ठित "मदन पुरस्कार (२०५७)" बाट पनि सम्मानित भइसकेका छन् । सीमाना र सीमा सुरक्षासम्बन्धी विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय संघसंस्थामा रहेर लामो समय काम गरेको अनुभव सँगालेका श्रेष्ठ नेपालमा सीमा मामिलाका सबैभन्दा आधिकारिक र अगुवा व्यक्तित्व मानिन्छन् ।

Book Title Simaanaako Gyan | सिमानाको ज्ञान
Authorबुद्धिनारायण श्रेष्ठ
ISBN9789937705318
Edition LanguageNepali
Published Year2019
PublicationPhoenix Books
Pages292
Category गैरआख्यान