Shopping Cart
मोज/Moj

मोज/Moj

भोज भनेको पद, पैसा र पावरको भाडधतुरो होइन, मौज त शीतल हो, मोज न्यानोपन हो, मोज धैर्य हो, मोज तिर्खा हो, मोज भोक हो, मोज मिहिनेत हो। मोज केही अपुग र अभाव पनि हो । त्यसैले मोज प्रक्रिया होइन, मोज अनुभूति हो, मोज प्राप्ति हो ।

सही मोज त्यो हो, जसको अनुकूल प्रभावले मन र मस्तिष्कलाई आनन्दित र प्रफुल्लित बनाइदिन्छ । जब चित्रकारले चित्र कोर्छन्, डकर्मीले घर बनाउँछन्, सिकर्मीले रन्दा लगाउँछन्, किसानले खेत जोत्छन्, त्यो बेला उनीहरू सन्तुष्टिको सुसेली हाल्छन्, मीठो गीत गुनगुनाउँछन्, त्यही नै मोजको सबैभन्दा महत्त्वपूर्ण क्षण हो ।